Saturday, August 8

बालुवाटारमा जारी छ समाजवादी मोर्चाको बैठक

नेपालअखबार, काठमाडाैं। समाजवादी मोर्चाको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो।

Advertisement

केही बेरअघि सुरू भएको बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ।

Advertisement
Advertisement

पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन्।

Advertisement

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै जिल्ला–जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।