राजनीतिसमाचार

बागलुङ महोत्सव उद्घाटन गर्दै राष्ट्रपतिले भने- उत्पादन र रोजगारीका अवसर बढाऔं

नेपालअखबार, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागलुङ महोत्सवको उद्घाटन गरेका छन्।

राष्ट्रपति पौडेलले आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गर्नुपर्ने पनि बताए।

‘उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन र निर्यातलाई प्रोत्साहन गर्न जरूरी छ,’ उनले भने।

फरक प्रसंगमा उनले लोकतन्त्रको आस्थामा अहिले पनि आफू अटलरूपले निर्देशित भएको बताए।

‘जुन आस्था र विश्वास बोकेर २०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटलरुपले निर्देशित छु’, उनले भने। कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले अहिलेको संविधान लेखिएको उल्लेख गरेका उनले जनताले बनाएको संविधानलाई कसैले आँच पुर्‍याउन नसक्ने बताए।

the authoradmin