Monday, April 20

जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

नेपालअखबार,जाजरकोट। जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ।

कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको हो। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।

Advertisement

कुशे गाउँपालिकाका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार कल्पनाका दुई वर्षीय एक छोरा पनि छन्। अहिले उनले दोस्रो बच्चालाई जन्म दिएकी थिइन्।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको उपाध्यक्ष सिंहले बताइन्।

‘उहाँ सुन्निनुभएको रहेछ, हामीलाई सुरूमा खबर पनि गरिएन,’ उनले भनिन्, ‘खबर भएको भए तत्काल अस्पताल लैजान व्यवस्था गर्न सकिन्थ्यो, मृत्युपछि मात्र हामीले खबर पायौं।’ कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए। भर्खरै उनीहरूले अस्थायी आवास बनाउन सुरू गरेको उपाध्यक्ष सिंहले बताइन्।