राजनीतिसमाचारसमाज

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडी आन्दोलनकारीले जलाए

नेपालअखबार, काठमाडाैं। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको थियो । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको बताए ।

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।

the authoradmin