
नेपालअखबार, सर्लाही । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानंले समुदायकाे मुद्दामा सबै मुस्लिम समुदायका प्रतिनिधि एकजुट हुन आवश्यक रहेकाे बताएछन् । सर्लाही जिल्लाको मलङ्गवा नगरपालीकामा संचालित रहेको जिलानिया मदरसा प्रा. वि. मा मुस्लिम बोर्ड नेपालद्वारा आयोजीत उत्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खानंले मुस्लिम समुदायलाई हरेक पार्टीले भोट बैंककाे रूपमा प्रयाेग गरेकाे दाबी गरेका छन् । 
सभापति खानंले भने मुस्लिम जनसंख्या धेरै भएका जिल्लामा पनि प्रतिनिधी सभामामा प्रत्यक्ष तर्फबाट संसद नहुनु भनेको यो मुस्लिम समाजको लागि दुर्भाग्य भएकाे बताए ।

