Tuesday, August 4

अध्यक्ष नेपाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालर भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

Advertisement

जयशंकरले बिहीबार साँझ करिब ६ बजे बत्तिसपुतली स्थित द्धारिका होटेलमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

Advertisement
Advertisement

उपमहासचिव खतिवडाकाअनुसार भेटमा नेपाल-भारतबीचको संवेदनशिलतालाई दृष्टिगत गर्दै दुई देशबीच देखा परेका समस्या समाधान गर्नुपर्ने विषयमा छलफल भएको छ। त्यस्तै जलस्रोत, उर्जा, पर्यटन र पूर्वाधारको विषयमा छलफल भएको खतिवडाको भनाई छ।

Advertisement

खतिवडाले भन्नुभयो,‘हाम्रो पार्टीका अध्यक्ष कमरेड, उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमाल, त्यस्तै केन्द्रीय सदस्य मोहन गौतम र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भयो। भेटमा हामीले खास केही विषयमा कुराकानी गरेका छौं। विकास साझेदारीका कोणबाट कुराकानी भएको छ। जलस्रोत, उर्जा, पर्यटन, पूर्वाधार जस्ता महत्वपूर्ण विषयमा कुराकानी भएका छन्। विदेशमन्त्री जयशंकरले नेपालको हितमा भारतको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ।’

उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धलाई कसरी मजबुँद बनाउन सकिन्छ, दुबै देशको संवेदनशिलतालाई ध्यानमा राखेर विकासको साझोदार कसरी बनाउन सकिन्छ भन्ने जस्ता महत्वपूर्ण विषयमा कुराकानी भएको छ। जयशंकरले खुलेर आफ्ना कुरा राख्नुभयो। हामीले हाम्रो कुरा स्पष्टताका साथ राख्यौं। साथै विदेशमन्त्री जयशंकरले हाम्रो पार्टीका अध्यक्षलाई भारत भ्रमणको निम्तिोसमेत पठाउने जानकारी गराउनु भएको छ।’

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार नेपाल आइपुग्नु भएको हो।

भारतीय वायु सेवाको विशेष विमानमार्फत आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नु भएको छ। शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर जयशंकर मध्याह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ।

d251cda2-f171-4e7d-b478-16f950624433-1704378458.jpeg

madhav-jn-khatiwada-1704378218.jpeg