Friday, May 15

कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

नेपालअखबार, सुर्खेत। राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन्। तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को भागमा एक/एक सिट परेको छ।

Advertisement

जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन्। उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए।