Monday, August 3

समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवाद आवश्यक रहेको बताउनु भएको छ।

Advertisement

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले भन्नुभयो, ‘समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवादी व्यवस्था आवश्यक छ। देशलाई समृद्ध बनाउने हो भने, जनताको जीवनलाई समृद्ध बनाउने हो भने मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ। जसको कार्यभार हामीले बोकेर हिडि रहेका छौं। तपाईंहरूले पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुहोस्।’

Advertisement

पर्टी पंक्तिलाई इमान्दारिकताका पार्टी विस्तारमा लाग्न अध्यक्ष नेपालले निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘हाम्राबीचमा केही समस्या छन् भने पार्टी कमिटीका वैठकमा राख्नुपर्छ। प्रदेश कमिटीका नेताहरू छन्। त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय संगठन, पदाधिकारी छौं। यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला। तर, गलत ठाउँमा पार्टीको आन्तरिक कुराहरू गर्नुहुन्न।’