राजनीतिविचारसमाचार

स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना :पूर्वप्रधानमन्त्री खनाल

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय एकता दिवसको अवसरमा हार्दिक शुभकामना पूर्वप्रधानमन्त्री सम्मानित नेता तथा विदेश विभाग प्रमुख नेकपा (एकीकृत समाजवादी)झलनाथ खनालले व्यत्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो । यस दिनको सुखद अवसरमा म देश र विदेशमा समेत रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्  ।
तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकिकृत भएपछि नेपालको ऐतिहासिक एकिकरणको अभियानको रूप लिएको कुरा सर्वविदित कुरा हो । त्यहि क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स-साना राज्यहरुलाई एकिकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरुप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विकसित भएको छ ।
पूर्वप्रधानमन्त्री खनालले अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक-आर्थिक रुपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकिकरणका योद्धाहरु, हाम्रा वीर पूर्खाहरु, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकांक्षा अनुरुपको “समृद्ध नेपाल र सुखी नेपाली” को सपना साकार पार्न सक्छौं । तसर्थ, राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ छिटछिटो अघि बढाउने संकल्प लिन म सबैलाई हार्दिक आग्रह गरेका छन्  ।

May be an image of text

 

the authoradmin