राजनीतिसमाचार

नेपाल रिटर्नी एशोसिएशन(समाजबादी)लुम्बिनी प्रदेशमा अध्यक्ष तारापति भण्डारी

नेपालअखबार, काठमाडाैं। नेकपा एकीकृत समाजवादीको भातृ संगठन नेपाल रिटर्नी एशोसिएशन(समाजबादी) लुम्बिनी प्रदेशमा अध्यक्षमा तारापति भण्डारी चयन भएका छन् । अध्यक्ष भण्डारीकाे नेतृत्वमा ५१ सदस्य लुम्बिनी प्रदेश कमिटी गठन भएको छ ।

उत्त भेलामा नेकपा एकीकृत समाजवादी पार्टीकाे  पोलिट व्युरो सदश्य तथा पूर्व मन्त्री  मेटमनी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । नेपाल रिटर्नी एशोसिएशन संगठनका केन्द्रिय अध्यक्ष  प्रविन पौडेलले जाे  युवाहरू विदेशमा शिक्षा लिन तथा राेजगारकाे शिलशिलामा दक्ष वा अदक्ष  कामदारहरूका रूपमा गएर नेपाल फर्किएका छन् । जसले शिप, शिक्षा र क्षमता विकास गरेर नेपाल फर्केका छन् उनीहरूकाे साक्षा फाेर्म नै नेपाल रिटर्नी एशोसिएशन रहेकाे बताएका छन् ।

अध्यक्ष पौडेलले रिटर्नीहरु  एकठाउँमा उभिन सकियो भने देशलाई कृषि क्षेत्रमा काया पलट गरेर समृद्धिको बाटोमा लान सकिने बताएका छन् ।   संगठनको ३वटा उदेश्य र यी उदेश्यहरु प्राप्त गर्न सकिने उद्ध्यहरु हुन त्यसैले हामी विदेशबाट फर्किएका तीनै तहका युवाहरु एकजुट भै अगाडि बढ्नु पर्ने जोड दिएका छन्  ।

लुम्बिनी प्रदेश मोर्चा इन्चार्ज अब्दुल हुसेनको तथा मोर्चा उपप्रमुख  सुदन खनाल लगायतको उपस्थित रहेका थिए ।

 

the authoradmin