प्रदेश २राजनीतिसमाचार

मधेसका जनताका लागि पार्टी भित्र पनि बिद्रोह गर्न पछाडी नहटने : गृहमन्त्री समिम 

Nepal Akhabar

नेपालअखबार, जनकपुर । गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले मधेसका जनताका लागि पार्टी भित्र पनि बिद्रोह गर्न पछाडी नहटने बताएकाछन् । संघियताकाे लागि मधेसका सबै नेता कार्यकता मात्रै हाेइन सर्वसाधारण जनताले पनि आन्दाेलन गरेकाे स्मरण गृहमन्त्री समिमले गरेका छन् । सहिद भएका परिवारलाई साथै घाइतेहरूका लागि मधेस सरकारले सम्पूर्ण जिम्मेवारी लिनु पर्छ ।

सहिद परिवारका सदस्यलाई राेजगार तथा  निशुल्क रूपमा शिक्षाकाे व्यवस्था गर्नुपर्ने  गृहमन्त्री समिमले बताए । त्यसै संघियता आएकाे हाेइन हजारै जनताकाे त्याग र बलिदान र सम्पूर्ण मधेशी जनताकाे आन्दाेलनले ल्याएकाे हुँदा मेराे पहिलाे प्रथमिकता नै मधेसका जनताकाे विकास गर्नु रहेकाे गृहमन्त्री समिमले बताएका छन् ।

मधेस प्रदेशकाे स्वाभिमान दिवसमाकाे उपलक्ष्यमा सम्पूर्ण मधेसका जनतालाई  बधाइ दिएका थिए । उत्त सभामा मुख्यमन्त्री सरोजकुमार यादवले जसपा अध्यक्ष उपेन्द्र यादव  लगाएतका नेताहरूकाे उस्थिति रहेकाे थियाे ।

the authoradmin