Friday, July 17

स्कुलका नर्सलाई मनोसामाजिक परामर्शदाताको समेत भूमिका दिने तयारी

नेपालअखबार, काठमाडौं । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।

Advertisement
Advertisement

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद विद्या भट्टराईले आत्महत्या समस्याको रुपमा देखा परेको उल्लख गर्दै सरकारले यस सम्बन्धमा के गरिरहेको छ भनी सोधेकी थिइन् ।

Advertisement

जवाफमा स्वास्थ्य मन्त्रालयका सचिव डा.पोखरेलले सरकारले अब प्रत्येक जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने गरी सरकार अगाडि बढेको बताएका हुन् । ‘प्रत्येक जिल्लामा एउटा साइको सोसल काउन्सिलरको दरबन्दीको व्यवस्थापन गरेर अगाडि बढेका छौं,’ सचिव पोखरेलले जानकारी दिए ।

उनका अनुसार हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर १४ वटा जिल्लामा मेन्टल हेल्थको कार्यक्रम सञ्चालन भइरहेको छ । यसका अलावा प्रत्यक स्थानीय तहमा परामर्शदाता राखिएको छ । ‘स्थानीय तहको काउन्सिलरको अपनत्व संघीय सरकारले लिएको छ’ उनले भने ।

साथै, केही समयअगाडि मात्रै ३२ जनालाई मनोसामाजिक परामर्शदाताको तालिम दिएर उनीहरुलाई सर्टिफिकेटसहित देशभर खटाइएका उनले बताए ।

प्रत्येक जिल्ला अस्पतालसँग समन्वय गरेर प्रत्येक जिल्ला अस्पतालमा प्रत्येक महिनामा एक जना एकपटक वा दुई पटक मेन्टल हेल्थको सेवा दिने नीति कार्यान्वयनमा लागिएको उनले जानकारी दिए ।

यो नीति सात वटै प्रादेशिक सरकारसँग समन्वय भएर अगाडि बढेको उल्लेख गर्दै उनले थपे, ‘डोल्पा वा मुगु होस् । त्यहाँ महिनाको एक चोटी सकिन्छ कि दुईचोटि मेन्टल हेल्थ सर्भिस सेवा प्राप्त हुन्छ ।’

यसैगरी, स्कुलमा रहेका नर्सलाई मनोवैज्ञानिक परामर्शको तालिम दिएर उनीहरूमार्फत समेत सेवा दिने सरकारको तयारी रहेको उनले बताए ।

‘स्कुलमा हामीले नर्स उपलब्ध गराएका छौं । उहाँहरुको दायित्व बढ्ने गरी साइको सोसल काउन्सिलरको तालिम दिएर जान खोजिएको छ,’ डा. पोखरेल भन्छन्, ‘यसपछि हामी समुदायमा कसरी जाने भनेर मन्त्रालयमा छलफल गरिरहेका छौं ।