समाचारसमाजसाहित्य \कला

पत्रकार भगिश्वर लिम्बुको कविता संग्रहथोःक्लाविमोचन

नेपालअखबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमापत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रहविमोचनगरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रहविमोचनगर्नु भएको छ । कविता संग्रहविमोचनगर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमाउभ्याउनकालागीस्थानीयउ सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ ।

गद्य र पद्यदुवै शैलिमातयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेकामौलिकता र विगतकावास्तविकताको भावउदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिवबलि तेयुङले जानकारी दिनु भयो । यो कविता संग्रहले पछिल्लो पिडीका कविवाकवितामा रुचि राख्ने साहित्यप्रेमीहरुलाई कवितामोह बढाउन सकोस भन्ने अपेक्षा राख्ने विश्वासको कविभगिश्वरले बताउनु भयो । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृतीप्रतीमोह घट्दै गई रहेको बेलाकविभगिश्वरद्धारा कृतिप्रकाशनगर्नु महत्वपुर्ण रहेको मुन्धुमविदतथालालीगुराँस नगरपालिकाकानगर प्रमुखअर्जुन माबोहाङले बताउनु भयो ।

लिम्बु भाषा र लिपीमापहिलो पटक प्रकाशनभएको थोःक्ला नेपालीभाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेलीमाईतीबिचआर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषमाथोःक्ला भन्छिन । विगतदुई दशकदेखीपत्रकारितमा कृयासिलहुँदै आउनु भएकाभगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर,पत्रकार महासंघ तेह्रथुमकापुर्व उपाध्यक्षहुन । कृति देवनारिक र श्रीजंगालिपीमाप्रकाशनगरिएको छ । सानै उमेरदेखी साहित्यमा रुची राख्दै आउनु भएकाकविलिम्बुले फुटकर कविताहाँस्यव्याङगविधाहरु पस्तुत गर्दै आउनु भएको छ ।

 

the authoradmin