समाचारसमाजस्वास्थ्य

प्रादेशिक अस्पताल गौरमा इमरजेन्सी बाहेकका सबै सेवा ठप्प

Nepal Akhabar

नेपालअखबार, रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

डाक्टरले ओपीडी लगायतका सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामी मार्कामा परेका छन् ।

तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि  सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको बताए ।

अस्पतालका ११ जना डाक्टरले विगत ७  महिनादेखि भत्ता र तीन महिनादेखि तलब नपाएपछि अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताए ।

the authoradmin