Thursday, July 23

क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय

नेपाल अखबार,  काठमाडाैं। लम्कीचुहा नगरपालिका कैलाली १ को क्वारेन्टिनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेद प्रकट गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घटनालाई दुःखद भन्दै खेद प्रकट गरेका हुन्।
‘उक्त घटनामा स्वास्थ्यकर्मी समेत संलग्न रहेको र समाजका अगुवा तथा शिक्षकसमेतको संलग्नता हुनु निकै दुःखद हो’, डा. गौतमले भने, ‘यस किसिमका घटना घट्नु तथा समाजका अगुवाकै संलग्नता भएकोमा नेपाल सरकार निकै चिन्तित भएको छ।’
उनले यस्ता गलत तथा घृणित काम गर्ने व्यक्तिलाई सबै क्षेत्रबाट निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताए। घटनामा संलग्नविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको बताए।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *