समाचारसमाजस्वास्थ्य

अस्पताल बिकास समितिको लापरवाहीले गौर प्रादेशिक अस्पताल लथालिङ्ग

Nepal Akhabar

मेवालाल यादव , रौतहट ।  गौर प्रादेशिक अस्पतालको ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हाशमीका लापरवाहीले सरकारी अस्पताल लथालिङ्ग अवस्था पुगेको छ ।सरकारी अस्पतालमा निःशुल्कमै औषधि, उपचार पाइन्छ भनेर सुनेको थिएँ, तर होइन रहेछ।’ अस्पतालमा हुने झन्झटिलो अवस्था देखाएर बिरामीलाई अस्पतालबाहिर रेफर गर्दा सरकारी अस्तालमाथि विश्वसनीयता घटदै गएको स्थानीयले बताएका छन ।

ब्यवस्थापन समितिको काम हो सर्वसाधारणलाई सेवा दिने , अस्पतालमा औषधि उपलब्ध गराउने तर यो प्रादेशिक अस्पतालमा ब्यवस्थापन समितिका अध्यक्ष हाशमीले राजनीतिकको पहुँचमा प्रादेशिक अस्पताललाई कमाउने भाडो बनाएको गौर वासीले बताए । मधेस प्रदेश सरकारले प्रदेश भरिका सबै प्रादेशिक अस्पतालमा बिशेश ब्यवस्थापनको लागी अस्पताल ब्यवस्थापन समिति गठन गर्ने मन्त्री परिषदको निर्णयबाट ब्यवस्थापन समिति गठन गरेको र सो उद्देश्यलाई गौर प्रादेशिक अस्पतालको ब्यवस्थापन समिति सो निर्णयलाई लत्याउदै आफ्न स्वार्थ पूरा गर्नमा कुनै कसर छोडेको छैन ।

सो क्रममा आफ्नो कुरा मान्ने मे. सु लाई राख्ने आफ्नो आसेपासेकोलाई कर्मचारीमा भर्ना गर्ने कमिसन पाइने ठाउँबाट मर्मत सम्भारका लागि आवस्यक सामाग्री खरिद गर्ने अस्पताल बिकासका रकम आफै चलाउने जस्ता अनेकौ कार्यहरु बिगत एक वर्ष देखि गर्दै आइरहेको कार्यहरुबाट मधेस प्रदेश सरकारलाई नै सर्मसार बनाएको स्पष्ट देखिन्छ ।जुन सरकारको निर्णयबाट अस्पताल बिकास समितिको अध्यक्ष पदमा बिर्जमान हुनु भएको र सो सरकारलाई तथाकथित पत्रकार सम्मेलन गरि त्यही सरकारको दोश लगाउनु आफुलाइ लाटोको सङ्या दिनु बराबर हो।

the authoradmin