समाचारसमाज

सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ – सदस्य योगी

नेपालअखबार, सुर्खेत । राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताउनुभएको छ ।
वीरेन्द्रनगरमा विहीबार जनहितकारी सहकारी संस्थाको नयाँ सञ्चालक समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रममा सदस्य योगीले यस्तो बताउनुभएको हो । उहाँले अधिकांश सहकारीको सञ्चालक समितिमा एकता नहुँदा र सुशासन कायम गर्न नसक्दा बिग्रिएको बताउनुभयो ।
केही सहकारीका सञ्चालकका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताउँदै योगीले सहकारीलाई शुद्धीकरण गर्नका लागि सञ्चालक समिति आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा जनहितकारी सहकारीका नवनिर्वाचित अध्यक्ष नवराज कंडेलले सहकारीलाई अझै प्रभाकारी र सदस्यमुखी कार्यक्रमका साथ उत्कृष्ट संस्थाको रुपमा स्थापित बनाउने प्रतिवद्धता जनाउनुभयो ।
जनहितकारी सहकारीको अध्यक्षमा कंडेल
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवराज कंडेलको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । जसको खुला उपाध्यक्षमा तीर्थराज गिरी र महिला उपाध्यक्षमा राधा कार्की सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सचिवमा यामराज गिरी, कोषाध्यक्षमा संजय योगी चयन भएका छन् । यसैगरी खुला सदस्यहरुमा शान्ती भारती, रुवी आचार्य र हेमन्त कंडेल चयन भएका छन् । यसैगरी भूगोल नं. १ सदस्यमा सरस्वती पुरी, भूगोल नं. ३ सदस्यमा लक्ष्मी भुसाल, भूगोल नं. ४ सदस्यमा सरस्वती गौतम, भूगोल नं. ६ सदस्यमा सौगात रावत र भूगोल नं. ११ सदस्यमा धर्मा सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मोति शर्माले नेपालगाथालाई जानकारी दिनुभयो ।
जनहितकारी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिरालाल सुनार र सदस्यहरुमा घनश्याम बोगटी र सविा सिंह सर्वसम्मत चयन भएका छन् ।
यो समतिसँगै जनहितकारीको नयाँ सञ्चालक समितिले पुर्णता पाएको छ ।

the authoradmin