
नेपालअखबार,दाँङ । नेकपा एकीकृत समाजवादी पार्टिमा दाँङ लमहिमा १ हजार भन्दा धेरै युवा र अन्य पार्टिका कार्यकर्ताहरू प्रबेश गरेका छन् । दाँङकाे लमहिमा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपाल नवप्रबेशि कार्यकताहरूलाई पार्टिमा स्वागत गर्दै अध्यक्ष नेपाल जनताकाे पार्टी नेकपा एस नै भएकाले सबै जनतालाई पार्टी जाेडिन आग्रह गरेका छन् ।
त्यस्तै पूर्व मन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताएका थिए । ‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन्। उनीहरुको केही उपाय लागिरहेको छैन। वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले बताए।
भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँलगायत १४०७ जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी छन् । उत्त कार्यक्रममा कार्यकर्ता भेला २000 जनाको उपस्थितिमा दाँङकाे लमहीमा आयोजित गरिएकाे थियाे ।
(फाेटाेफिचर)










