प्रदेश ४समाचारस्वास्थ्य

बागलुङमा थप १० जनामा कोरोना पुष्टि, आजै २४ जनामा संक्रमण

Nepal Akhabar

नेपपाल अखबार, पोखरा । बागलुङका थप १० जनामा कोरोना पुष्टि भएको छ । बागलुङका दुई नगरपालिकाका ९  जना पुरुष र १  जना महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका बागलुङ नगरपालकिका १८ देखि ५३ वर्षका ५ जना पुरुष र ढोरपाटन नगर पालिकाका ११ देखि ५३ वर्षका ४ पुरुष तथा एक ६० वर्षिया महिला रहेका छन । संक्रमितलाइ जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै बागलुङमा संक्रमण देखिनेको संख्या ६६ पुगेको छ ।
आजै बागलुङका  १४ जनामा कोरोना पुष्टि भएको थियो  । यसअघी संक्रमण देखिनेमा  बागलुङ गल्कोट नगरपालिकाका १९ देखि ४५ बर्ष उमेर समुहका ६ जना पुरुष, २० र ४२ बर्षीया २ महिला तथा कोठेखोला गाउँपालिकाका २० देखि २९ बर्ष उमेर समुहका ६ जना पुरुष रहेका थिए  ।
पछिलोपटक बागलुङका १० र तनहुँका १७ सहित  गण्डकीमा ३२ संक्रमि थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

the authoradmin

Leave a Reply