राजनीतिसमाचार

अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

नेपालअखबार,काठमाडौँ ।  प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक  २०७९ सालमा पारित भएर प्रतिनिधि सभामा सन्देश सहित आएको थियो । संघीय सरकारले कार्यान्वयन गर्ने  संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।

the authoradmin