राजनीतिसमाचार

राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

उनले मंगलबार राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।

पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट माघ २३ गते दिएको राजीनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले पाण्डेलाई महासचिव नियुक्त गर्न सभामुख र राष्ट्रियसभा अध्यक्षले गरेको सिफारिस भने स्वीकृत गरिसकेका छैनन् । पाण्डेको नागरिकताको विषयमा प्रश्न उठेपछि उनको नियुक्ति विवादित बन्दै आएको छ।

the authoradmin