कृषिविचारसाहित्य \कला

कृषि क्रान्तिमा हाम्रो सोच

प्रविन पाैड्यल,अध्यक्ष,नेपाल रिटर्नी एशसिएसन
Nepal Akhabar
 कृषि क्रान्तिमा हाम्रो सोच ।अब त केही गरौं प्रचुर सम्भावना छ कृषकको वर्गीकरण गर्दै आवश्कता अनुसार अनुदान लागतमा होइन उत्पादनमा दिउँ ।
नेपाल जस्तै भूपरिवेष्ठित देश स्वीजरल्याण्ड ६७% आयात र ५०% निर्यात गर्दै विश्वमा १० औं स्थान अर्थतन्त्रमा अब्बल रहेको छ ।
यो देशले आर्थिक रूपमा सम्पन्न हुनाको मुख्य कारण कृषि उत्पादन हुँदै औद्योिकीकरण साथमा अशल कुटनीतिक पहल गर्दै मूल्यवान उत्पादन निर्यात हुनुमा देखिन्छ ।
सारांश: ७४%सेवा र २५% उद्योगबाट उत्पादन हुने स्विजिल्याण्डमा शिक्षित जनशक्ति अशल कुटनीतिक सम्बन्ध कायम हुनु नै राष्ट्र विकाशको मेरुदण्ड भनेर बुझ्न सकिन्छ ।
जापानले आफ्नो नियन्त्रणमा राखेको द.कोरियालाई आर्थिक र सामाजिक रूपमा अब्बल बनाउन त्यति सहज थिएन । तर पनि सामाजिक र आर्थिक रुपान्तरणका लागि विभिन्न प्रकारका अलोकप्रिय तर आवश्यक उपायहरूलाई समेत आत्मसाथ गर्दै 1963 को राष्ट्रपति चुनावमा पार्क विजयी भए र उनले द्रुत आर्थिक विकासलाई बढावा दिन विभिन्न प्रकारका आवश्यक उपायहरू लिन थाले। यसमा उनले पूर्व उपनिवेशकर्ता जापानसँगको सम्बन्धलाई सामान्य बनाउन पहल गरे ब्याजदर बढाउने, र कर सङ्कलनमा सुधार गर्ने कार्य गर्दै आर्थिक विकासको मुख्य संयन्त्र सरकारको नेतृत्वमा औद्योगिकीकरण हो भन्ने सोचका साथ अगाडि बढे । कोरिया अति दुर्लभ प्राकृतिक श्रोत र प्रचुर मात्रामा शिक्षित जनशक्ति भएको देश हो भन्ने तथ्यलाई बुझेर राष्ट्रपति पार्क जङ-हीको नेतृत्वमा नयाँ स्थापित सैन्य सरकारले श्रमप्रधान र निर्यातमुखी औद्योगिकीकरणलाई पछ्याएर राष्ट्रलाई समृद्धि तरफ उन्मुख गरे आज त्यसैको निरन्तरताले दक्षिणको अर्थतन्त्र विश्वमा अब्बल साबित भएको छ ।
सारांश :आयात र निर्यात करिब ४८% भएको कोरियामा विकाशमा शिक्षित जनशक्ति , सबै युवालाई सैन्य तालिम र अशल कुटनीतिक पहल कदमीको महत्वपूर्ण भूमिका देखिन्छ ।
ब्रिटिशको कोलोनी रहेको देश सिंगापुरलाई स्वतन्त्र र समृद्ध सिंगापुर बनाउन ली कुआन यू लाई निकै चुनौती थीयो तर पनि उनले आफ्नो दूरदर्शिता का कारण (१६ सेप्टेम्बर १९२३–२३ मार्च २०१५), आधुनिक सिंगापुरका संस्थापक, एक प्रतिभाशाली राजनेता र उच्च सम्मानित हुँदै टापुलाई एक शक्तिशाली राष्ट्र र आर्थिक शक्तिमा परिणत गरे।
भूगोल अनुसारको आवश्यकताको पहिचान गरी तत्कालिन राष्ट्रपति युले सिंगापुरलाई रणनीतिक स्थान दिई दक्षिणपूर्व एशियाको प्रमुख ढुवानी केन्द्रको रूपमा गराई छाडे । यसले सिंगापुरलाई व्यापार र वाणिज्यमा रणनीतिक उल्लेखनीय फाइदा दिइरहेको छ । सिंगापुर एक स्वतन्त्र व्यापार भएको देश हो, जसले आयात र निर्यातमा कुनै कर नलगाउनुका साथै अन्य सरल र स्पष्ट कानूनी नीति अवलम्बन गरेकोछ । सिंगापुरको सफलताको श्रेय भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, शिक्षा, बलियो निर्यात-संचालित अर्थतन्त्र हो र यसको प्रमुख क्षेत्रहरूमा तेल, कमोडिटी व्यापार, इलेक्ट्रोनिक्स र पर्यटन समावेश छन् ।
सारांश: नेतामा दूरदृष्टि र इच्छा शक्ति ,अशल कुटनीति पहल, भूगोलको आवश्यकता, बजारको पहिचान र सहज साथै स्पष्ट नीति ।
माथिका देशको विकासको इतिहास हेर्दा बढी जोखिम युक्त परिस्थितिबाट राष्ट्रलाई जोगाउँदै जनतालाई साथमा लिँदै भूगोलको आवश्यकता , अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै कुटनीति पहलमा अब्बल हुँदै आयात र निर्यातलाई सन्तुलन गर्दै देशलाई समृद्धि तर्फ अगाडि बढाउन सकिको देखिन्छ।
सरसर्ती हेर्दा माथिका देश बिकाश हुने समय भन्दा अहीले हाम्रो देश विकास गर्न कम मेहनत गरे पुग्ने देखिन्छ।
इच्छा शक्ति ,दूरदृष्टि ,भूगोल अनुसारको नीति ,समस्या, अवसरको पहिचान र असल कुटनीति पहल गर्ने हो भने प्राकृतिक रुपमा प्रचुर सम्भावना बोकेको हाम्रो देशलाई विकाशको मार्गमा बामे सार्न् २ वटा विकल्प अवलम्ब गर्न सकिन्छ ।
१) सकेसम्म आन्तरिक स्रोतबाटै जल खनिज र कृषि उत्पादनलाई निर्यात गर्ने यसको लागि जमीनलाई आवश्यक चक्लाबन्दी र हाम्रो भूगोलको आवश्यकता अनुसारको भूमि बैंकको सिद्धान्तलाई अवलम्बन गर्दै अगाडि बढ्ने,
२) आधुनिक कृषिमा सफल भएका र कामदार आयात गर्ने केही देशहरु सँग कृषिमा नगद अनुदान साथै सम्बन्धित देशका दक्ष जनशक्ति सहित कृषि ,जडिबुटी,बन् ,जल र खनिजको सही उपयोगको निम्ति कृषि तालिम तथा अनुसन्धानकेन्द्र स्थापना गर्ने । जसको स्थापनामा लाग्ने जमीन लगायत साथै आवश्यक पूर्वाधार (कृषि जमीनको चक्लाबन्दी र भूमि बैंकको सिद्धान्त) को व्यवस्थामा नेपाल सरकारले सहयोग गर्ने ।
यसरी कम्तीमा ३ देखि ४ वटा देशको अलग अलग अनुसन्धान तथा तालिम केन्द्र राखेर खाली भएको जमीन कृषि उत्पादन गरेर हाम्रा दक्ष,अर्धदक्ष, अदक्ष युवाहरुलाई आवश्यकता अनुसार कृषि,खनिज,बन् ,जलको तालिम अनुसन्धान, साथै उत्पादनमा लगाउन सकियो सकिन्छ । यसरी कृषि ,जल,जडिबुटी र खनिजलाई आवश्यकता अनुसार निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । यसो गरेमा सही हाम्रा श्रमिकले नेपालमै श्रम गरेर सही श्रमको मूल्य प्राप्त गर्न सक्ने छन र बाध्यतात्मक परिस्थितिले युवा पलायनमा कमी आउनेछ ।
यसरी घर परिवारसँगै बसेर आर्थिक उन्नती हुने वातावरण सृजना भएमा तीनै वर्गका (दक्ष,अर्धदक्ष,अदक्ष)युवा पलायनबाट रोकिने छ । यसले जनसंख्या वृद्धिमा सहयोग हुनुका साथै क्रय शक्ति बढाउदछ जसले गर्दा अरु आवश्यक उद्योग (गार्मेन्ट ,धातु आदिका) समेत स्थापना गरेर आयातमा कमी गर्दै मूल्यवान गुण स्तरीय वस्तुहरूको निर्यात गर्न सकिने छ ।
त्यसैले निर्यातमा ज्ञाता साथै कृषिमा आत्मा निर्भर सम्बन्धी विस्तृतमा योजना बनाउने सोच आएको छ यस बारे सम्बन्धित क्षेत्रका विज्ञ तर राष्ट्रकालागि केही गरौंन भन्ने सोचका व्यक्तित्वको खोजमा छु। म देशमा कृषि क्रान्ति गरेर कृषि बाटै आमूल परिवर्तन गरेर देखाउन सकिने यथार्थलाई साबित गर्न चाहन्छु । मृत्यु वरण गरेका बाबुले आफ्नो शब अन्त्येष्टि हुन विदेशमा रहेको छोरा,छोरी पर्खनुपर्ने वाध्यताको अन्त्य गर्न युवा पलायन रोक्न चाहन्छु ,त्यसैले सम्बन्धित व्यक्तित्वलाई जोडिनहुन हार्दिक अनुरोध गर्दछु
अध्यक्ष
नेपाल रिटर्नी एशसिएसन
the authoradmin