नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
नेपालअखबार, बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन ।
गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् ।
सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न...










