नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४२६ देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताए। उनले पछिल्लो २४ धण्टामा कुनै पनि मृत्यु नभएको बताए।

