कर्पोरेटसमाचारसमाज

लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतनाकार्यक्रम

नेपालअखबार, पोखरा । लेखनाथउद्योग वाणिज्य संघ र नेपालधितोपत्रबोर्डको आयोजनामा लेखनाथमाधितोपत्रबजार सम्बन्धीशिक्षातथा सचेतनाअभिवृद्धि कार्यक्रम सोमबार सम्पन्नभएको छ । लेखनाथउद्योग वाणिज्य संघको सभाहलमाआयोजितकार्यक्रममा नेपालधितोपत्रबोर्डकानिर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएकाथिए ।
कार्यक्रममादेशको वित्तिय प्रणाली, धितोपत्रबजारको महत्व, धितोपत्रबजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीयविवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमालगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, लगानीगर्दा हुने फाइदाहरू, प्राथमिकवजार र दोस्रो शेयर बजारमाकारोबारकागर्दा थाहापाउनुपर्ने वित्तीयविवरण र लगानीगर्दाख्यालगर्नुपर्ने विषयमाजानकारी गराईएको थियो ।
कार्यक्रममानेपालउद्योग वाणिज्यमहासंघका केन्द्रीय सदस्यएवं संघका पुर्वअध्यक्षबाबुरामगिरीले राष्ट्र बैंक,धितोपत्रबोर्ड र जस्तानियमनकारी निकायहरुले बजारमा सकारात्मकम्यासेज दिन जरुरी रहेको बताए ।उनले अहिलेको पुँजीबजारको समस्या समाधानको लागिनियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।
यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरि बुढाथोकीले विगतदुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार छिट्टै आउनलागेको राष्ट्र बैङ्कको मौद्रीकनिति पछि सुधार हुनेआशाव्यक्त गरेकाथिए । तर, यहीकारणले धितो पत्रबजारमा ठूलो उछाल आउने सम्भावनाभने नदेखिएको उनले बताए। पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँतमात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझावदिए।
उक्तअवसरमा नेपाल स्टक हाउस प्रालिकागोकुल रिमालले धितोपत्रबजारमाकिनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतकाप्राविधिकपक्षहरूको बारेमाजानकारी दिनुकासाथै देशको वर्तमानआर्थिक परिदृश्यकाबारे चर्चा गरेकाथिए ।
संघका अध्यक्षविनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालनमहासचिवजानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथमउपाध्यक्षउपेन्द्रराज सुवेदी‘राज’ुले गरेकाथिए ।

 

the authoradmin