Saturday, May 9

मृत फेला परे ५ वटा गिद्ध, ७ वटा बिरामी

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा सोमबार पाँचवटा गिद्ध मृत फेला परेका छन्।

चारवटा डंगर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको हो।

Advertisement

जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डंगर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन्।

गिद्ध मरेको स्थानमा दुइटा स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशंका गरिएको छ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए। यो गिद्ध संरक्षणका लागि यसको आहारा जुटाउने उद्देश्यले खोलिएको रेस्टुरेन्ट हो। मरेका गिद्धको मंगलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।