प्रदेश ४समाचारस्वास्थ्यहाइलाइट-समाचार

कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित ४३८ पुगे

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ५८  जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७  जना पुरुष तथा १ महिला, म्याग्दीका  १  पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष र स्याङ्जाका १ पुरुष रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४  सय ३८ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ६८ जना पुरुष, बागलुङमा ६७ जना पुरुष तथा ७ महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ११३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ४  जना पुरुष , गोरखाका ३८ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका १२ जना पुरुष तथा ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।
प्रदेशमा संक्रमित मध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

the authoradmin

Leave a Reply