नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), केन्द्रीय स्थानीय तह विभागको आयोजनामा दुईदिने स्थानीय ‘जनप्रतिनिधिहरूका लागि समाजवादी कार्यदिशामा आधारित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
फागुन १२ र १३ गते काभ्रेको मण्डनदेउपुर नगरपालिका २ नगरकोटमा आयोजित उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नु भएको थियो।
पार्टीका उपाध्यक्ष तथा विभाग प्रमुख केशवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको विभागका सचिव एवं स्थानीय शासन विज्ञ डा.सीता ढुंगाना सहजिकरण गर्नु भएको थियो।
पार्टीका महासचिव घनश्याम भुसालले ‘समाज रुपान्तरण’ विषयमाथि प्रशिक्षण दिनु भएको विभाग सचिव डा.ढुंगानाले जानकारी दिनुभयो।
प्रशक्षिण कार्यक्रमको दोस्रो दिन विभाग सचिव डा.ढुंगानाले ‘संघिय शासनको तहगत अन्तरसम्बन्ध र स्थानीय तहको अधिकार’, पोखरा महानगरपालिका, कास्कीका मेयर धनराज आचार्यले ‘स्थानीय तहका असल अभ्यास र नीतिगत सुशासन’, पार्टी उपाध्यक्ष, कृषि तथा पशुपक्षि विकास मन्त्री डा.वेदुराम भुसालले ‘समाजावादी कार्यदिशामा आधारित नमुनापालिका निर्माण र सघं/स्थानीय सरकारबीच समन्वय’ विषयबारे प्रशिक्षण दिनु भएको थियो।
त्यस्तै पार्टी उपमहाचिव भौतिक तथा पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाले ‘स्थानीय पुर्वाधार विकासमा संघ सरकारको भुमिका’, उपाध्यक्ष तथा विभाग प्रमुख केशवलाल श्रेष्ठले ‘स्थानीय तहको २०८४ को मार्गदिशा’ र पार्टी उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले ‘स्थानीय तहमा वडा समाजवादी कार्यक्रम’,विषयमाथि प्रशिक्षण दिनु भएको थियो।
उक्त प्रशिक्षण कार्यक्रममा समाजवादी पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वयन समितिका प्रमुख तथा उप्रमुख, नगरपालिकाका मेयर/तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूको उपस्थिति रहेको थियो।