खेलकुदसमाचारसमाज

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

Nepal Akhabar

नेपालअखबार, पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् ।
बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ ।
सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ ।
पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो ।
प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । बब्लु शाह र रोशन पौडेलले १३÷१३, राहुल शर्माले ३ रनको योगदान दिँदा रोहन चन ६ रनमा अविजित रहे ।
बलिङमा मदरल्यान्डका कप्तान किरण पौडेल, सन्दीप विक, दर्शन सुवेदी र रुनिजमणि बरालले १÷१ विकेट लिए ।
प्रतिभाविरुद्ध पहिला ब्याटिङ गरेको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनाएको थियो ।
मदरल्यान्डका लागि कप्तान किरण पौडेलले सर्वाधिक ३६ रन जोडे । साजन श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रतिभाका कुशल अधिकारीले ३, स्वागत अधिकारीले २ र सन्देश गिरीले १ विकेट लिए । प्रतिभाका स्वागत अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा अंमरसिंहले गण्डकी बोर्डिङलाई २१ रनले पराजित गरेको हो । अंमरसिंहले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी बोर्डिङ १८ ओभरमा १०९ रनमा समेटियो ।
गण्डकीले ३१ रन एक्सट्रा पाएपनि जितका लागि पर्याप्त हुन सकेन । गण्डकीका उत्सव खड्काले सर्वाधिक १६ रन जोडेका थिए । बलिङमा अमरसिंहका सुमन पन्तले ३, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको अमरसिंहले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । अमरसिंहका विवश रानाभाटले अविजित २८ रनको योगदान दिए ।
कल्यान कुमालले २७, सुमन पन्त २३ रन बनाएर आउट भए । बलिङमा गण्डकी बोर्डिङका रजत पौडेलले ३, समिर पौडेल र भुमिराज पौडेलले २÷२, सन्देश अधिकारी र उत्सव खड्काले १÷१ विकेट लिए । अंमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेतालाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । छक्का आएको बल क्याच गर्ने दर्शकलाई समेत प्रत्येक क्याचको एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

 

the authoradmin