समाचारसमाज

नेवापत्रकार पुचःकास्कीको आयोजनामाआधारभूत समाचार लेखन तालिम

नेपालअखबार, पोखरा। नेवापत्रकार पुचःकास्कीको आयोजनातथापोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमाआधारभुत समाचार लेखन तालीम सम्पन्नभएको छ । मंगलवार सम्पन्नतालिममा ४० जना नेवातथा गैरनेवा समुदायकाव्यक्तिहरुले सहभागिताजनाएकाथिए ।
तालिमको उद्घाटन सत्रलाइ सम्बोधनगर्दै प्रमुखअतिथि वडाअध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएकाविभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथदिएको बताए । उनले वडाले गरेका राम्राकामहरुलाई प्रोत्साहनगर्न र नराम्राकामहरुको बारेमाखवरदारी गर्न समेत आग्रह गरे ।
तालिममावरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जयमल्लले विभिन्न ३ सत्रमाविभाजन गरेर प्रशिक्षण गराएकाथिए ।
कार्यकममाबोल्दै नेवापत्रकार पुचःका संरक्षक संस्था नेवाखलःकास्कीकाअध्यक्षअशोक पालिखेले कास्कीमा नेवा संस्कृतिजगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवाखलः, नेवाकचाःखलः नेवामिसापुचःतथा नेवापत्रकार पुचःआदि स्थापना गरेको बताए । उनले नेवाभाषा संस्कृति संरक्षण गर्नकालागिविभिन्नपुचःहरुको सहयोगमाविभिन्नतालिम समेत सञ्चालनगरिरहेको जानकारी दिए ।
तालिममा सहभागीप्रशिक्षार्थीहरुलाई वडा अध्यक्षदिपेन्द्र मर्सानी, नेवापत्रकार पुचःकीअध्यक्षअनिशाश्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेकाथिए । तालिमको समापनगर्दै अध्यक्षअनिशाश्रेष्ठले नेवापत्रकार पुचः ले समाचार लेखन तालिमपहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमाअनुभवपनि बटुलेको बताईन । उनले तालिमआयोजनागर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवापत्रकार पुचः सफलभएको बताईन । साथमाउनले नेवापत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामीदिनमापनि यस्ता कार्यक्रमहरु आयोजनागर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रममापोखरा ९ का वडा सचिवकुलराजपौडेल, वडासदस्यहरु लक्ष्मीपहारी, नन्दरामतिवारी, नेवा ल्याम्हपुचःकास्कीकाअध्यक्षविनितजोजिजु, नेवामिसापुचःकास्कीकीअध्यक्षसँगीताबज्राचार्य, नेपालआदिवासीजनजातीपत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिजकास्कीकाअध्यक्षदिल प्रसाद गुरुङ, मिस नेवा ११३८ काविजेताप्रीती बुद्धाचार्य लगायतविभिन्न संघसंस्थाकाव्यक्तिहरुको सहभागीता रहेको थियो ।

the authoradmin