राजनीतिसमाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं। बिहीबार संघीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिको बैठक बस्दैछ।

सिंहदरबारमा ती समितिहरूको बैठक बस्न लागेको हो।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरू भएको छ।

बैठकमा फालामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कबारे छलफल हुनेछ।

विशेषतः समितिको २०७० साल असार ६ गते भएको निर्णय कार्यान्वयनका सन्दर्भमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।

बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजस्व अनुसन्धान विभागको काम–कारवाहीबारे छलफल हुनेछ।

बिहान साढे ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ

यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। जहाँ नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

the authoradmin