Monday, June 1

प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

नेपालअखबार, काठमाडौँ । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ ।

Advertisement

कांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलगायतका दलहरूसँग सहकार्य अघि बढाएका छन् ।