राजनीतिसमाचार

नेपाली कांग्रेसका सभापति देउवा जादैँ कोटेश्वर नेकपा एसका अध्यक्षलाई नेपाल भेट्न

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन् । सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।  केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपालको आज जन्मदिन समेत हो ।

the authoradmin