राजनीतिविश्वसमाचार

आठ राज्यमा ट्रम्प विजयी, नोभेम्बरमा बाइडेनसँग प्रतिस्पर्धा निश्चित

नेपालअखबार, एजेन्सि ।  अमेरीकी सञ्चार माध्यमका अनुसार ट्रम्पले अलाबामा, अर्कान्सास, मेन, नर्थ क्याोलिना, ओक्लाहोमा, टेनेसी, टेक्सास  भर्जिनियामा विजय हासिल गरेका छन् । जितपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथमा मतदाताहरूलाई धन्यवाद समेत दिएका थिए । प्राइमरी चुनावमा डोनाल्ड ट्रम्प ६५ अंकसहित अगाडि छन् । राष्ट्रपति जो बाइडेन ट्रम्पभन्दा दुई अंक पछि छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले डोनाल्ड ट्रम्पको सामना गर्ने लगभग पक्का देखिएको छ । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवारी जित्न १ हजार २१५ प्रतिनिधिको समर्थन पाउनु पर्छ । मंगलबारको नतिजा अघि नै ट्रम्पले २४४ डेलिगेटहरूको समर्थन पाएका थिए ।

निक्की हेलीले गत शनिबार डिट्रिक्ट अफ कोलम्बियामा प्राइमरी चुनाव जितेकी थिइन् । अमेरिकाको इतिहासमा प्राइमरी चुनाव जित्ने उनी पहिलो रिपब्लिकन महिला हुन् । सुपर मंगलबारको अहिलेसम्मको नतिजामा निक्की हेली ट्रम्पभन्दा धेरै पछि परेकोले उनी राष्ट्रपतिको दौडबाट बाहिरिन सक्ने देखिन्छ ।

the authoradmin