राजनीतिसमाचार

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले गरेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

the authoradmin