राजनीतिसमाचारसमाज

रौतहटमा नेपाल रिटर्नी एशसिएसन(समाजबादी) अध्यक्ष फरहदकाे नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन

नेपालअखबार, राैतहट। नेपाल रिटर्नी एशसिएसन(समाजबादी)को रौतहट जिल्ला कमिटी गठन भएकाे छ । उत्त भेलाले शेष फरहदको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ ।नेपाल रिटर्नी एशोसिएसन रौतहट जिल्ला कमिटी पार्टी पोलिट व्युरो सदस्य तथा प्रेदेश २ सहा इन्चार्ज  रामचन्द्र शाहको प्रमुख आथित्य उत्त भेला सम्पन्न भएकाे थियाे । एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको विशेष उपस्थितमा रहेकाे थियाे । केन्द्रीय  अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किने गरेकाे बताएका छन् ।  रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन राष्ट्रले विमानस्थलमा जाँदा अनेक बहानामा दुख्ख दिनुहुँदैन ,फर्कदा विमानस्थलमा समान चोरिनु हुँदैन फर्कदा दुख्ख दिने होइन रातो कार्पेट बिछ्याएर स्वागत गर्नु पर्छ भन्नु भएकाे छ ।

पार्टी पोलीट व्युरो सदस्य तथा प्रदेश सहा इन्चार्ज रामचन्द्र शाहले रिटर्नी एशोसिएनले उठाएको तीन वटा मुद्दा वस्तुपरक छ त्यो मुद्दा स्थापित गर्न रिटर्नी एशोसिएसनको संगठन तिब्ररुपमा विस्तार भएकोमा धनबाड दिँदै थप जिल्लाहरु विस्तार र सबै सदस्यहरू जागरुक भै अगाडि बढ्नु पर्ने भन्दै सुभकामना दिनु भएकाे छ ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य सरला यदव, एशोसियसनका केन्द्रीय अध्यक्ष सुरेश राज शर्मा २ न प्रदेश ईन्छर्ज सोनालाल पण्डित ,बारा अध्यक्ष अनिल कुमार शाह रौतहट जिल्ला पार्टी अध्यक्ष  कमल राय यादव उपदक्ष इन्दु झा ,जिल्ला कमिटी सदस्य जयमङगल यादव ,अनिल दास लगायतको उपस्थित थीयो ।

त्यसै गरी एशोसियसनका प्रदेश २ इन्चार्ज सोनालाल पण्डितले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सहा इन्चार्ज राजेश गुप्ताले स्वागत भाषण गरेका थिए।

the authoradmin