प्रशासनसमाचार

एसपीमा बढुवाका लागि ८ जना सिफारिस

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् ।

विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भए पनि १० महिना सम्म पद रिक्त हुदा उम्मेदवारहरु मर्कामा परेका थिए ।

एसपीका रिक्त ८ पदका लागि १२ जना प्रतिस्पर्धामा थिए । तर प्रतिस्पर्धीहरुमध्ये प्रदीपकुमार क्षेत्री, नारायण रञ्जितकार, एकनारायण कोइराला र अनन्तराम शर्मा भने बढुवा सिफारिसमा परेनन् ।

हेर्नुहोस् बढुवा सिफारिस समितिको सूचना-

the authoradmin