समाचारसमाज

नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को सिराह जिल्ला कमिटी गठन

Nepal Akhabar

नेपालअखबार, सिराह। नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को सिराह जिल्ला कमिटी गठन भएको छ । उक्त कार्यक्रममा एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशेष अतिथिमा सिराह जिल्ला कमिटी अध्यक्ष प्रमोद यादव ,प्रदेश सदस्य रवीन्द्र साह सचिवालय सदस्य कमल यादव , सिराह जिल्ला कमिटी पार्टी सचिव योगेश सिंह ,अखिल सिराह जिल्ला अध्यक्ष सुरेश यादव लगायतको उपस्थित थीयो । भने सिराह जिल्ला कमिटी सन्तोष कुमार पण्डितको अध्यक्षतामा ५१ सदस्यतामा गठन भएको छ ।
उक्त कार्यक्रममा एशसिएसनका अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किएका हुन्छन् रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन । एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने छ ।कृषि उत्पादननै राष्ट्रको प्रमुख मेरुदण्डको कृषकको क्रयशक्ति बढाउन सकिन्छ कृषकको क्रयशक्ति बढाउन एशोसिएनको पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन् । पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नु पर्दछ आज पनि केही दलका प्रमुखले भ्यू टावर बनाएकोमा गर्व गरेको सुनिन्छ जुन भ्यू टावर जस्ता अदुरदर्शी चटकी विकासले जनता मारमा परेका उनीहरुमा नैराश्यता फैलीनुका साथै ऋणको भार मात्र थुपारेको बताएका छन । उनले थपेका छन सोही ठाउँको छेउको बस्ती दिनरात गरिबीमा दुई छाक खान लडिरहेको उक्त भ्यू टावरको सट्टामा तिनै गरीब बस्तीलाई कृषि उत्पादनमा जोडी व्यस्थापन गरेको भए ती बस्ती गरिबीको रेखाबाट माथि उठाउन सकिने थीयो ,वैदेशिक मुद्राको आर्जन साथै युवा पलायन रोक्ने नमूना बस्ती परिणत गर्न सकिने बताएका छन । राज्यको मूल संयन्त्रमा बस्नेले राज्यको ढुकुटी खर्च गर्दा बिकाशको प्राथमिकताको आधारमा गर्नु पर्दछ अनि मात्र जनताले स्वदेशी उत्पादनलाई निर्भर हुन सक्ने कुरालाई जोड दिँदै अनुत्पादक र तत्काल आवश्यकता विहिन क्षेत्रमा राज्यले खर्च गर्नुहुँदैन यसको लागि हाम्रो एशोसिएसनले आवाज बुलन्द गर्दै आएको बताएका बताएका छन् ।विद्यार्थीको विषयमा यसईई को रियासल्ट पूर्व ए लेबलमा भर्ना भएकोमा राज्य उदासीन देखिएको छ । यसैले रिसल्टको आवश्यकता नपर्ने हो भने किन परीक्षा लिने भनेर सरकारलाई प्रशासन गरेका छन् । प्रति विद्यार्थी एक लाख पचास हजार डलर ब्रिटिसको कलेजमा पठाउँदा यसले राज्यको अर्थतन्त्रमा परेको अशर प्रति राज्य गैर जिम्मेवार रहेको हाम्रो देशमा विप्रेषण निकासी गर्न नपाइने नियममा यो पैसा कसरी क्याम्ब्रिज विश्वविद्यालय पुग्दछ भन्ने सज्यलाई प्रश्न गरेका छन् ।यसरी भ्रष्टाचार ,सुशासन न्यूनीकरण गर्न सजिलै सकिने त्यसको शक्ति आर्जनको लागि एशसिएसनले संगठन विस्तारमा तिब्रता बढाएको बताएका छन्। पौडेलले राष्ट्रले युवा विदेश जाँदा विमानस्थलमा अनेक बहानामा दुख्ख दिनुहुँदैन ,फर्कदा विमानस्थलमा समान चोरिनु हुँदैन । फर्कदा दुख्ख दिने होइन रातो कार्पेट बिछ्याएर स्वागत गर्नु पर्छ भन्ने बताएका छन ।
पार्टी प्रदेश कमिटी सदस्यले कम्युनिस्ट एक भएको बखत केपी ओलीलाई आफ्नो जिम्मेवारीलाई बिर्सेर गलत ढंगबाट काम गरेकोले पार्टी विभाजित हुन पुगेको त्यो गलत प्रवृत्तिको विरुद्धमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शाहस गरेर केपी ओलिको गलत अभीष्ट पूरा हुन नदिई देशलाई जोगाएको कुरा स्पष्ट भएको बताएकाछन् ।सिराह जिल्ला अध्यक्ष प्रमोद यादवले रिटर्नी एशोसिएनले उठाएको तीन वटा मुद्दा वस्तुपरक छ त्यो मुद्दा स्थापित गर्न रिटर्नी एशोसिएसनको संगठन तिब्ररुपमा विस्तार भएकोमा धन्यवाद दिँदै थप जिल्लाहरु विस्तार र सबै सदस्यहरू जागरुक भै अगाडि बढ्नु पर्ने भन्दै सुभकामना दिएका थिए साथै गोलबजार नगर सदस्य भेषराज ठकुरीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी पार्टीको जनवर्गीय संगठनले छोटो समयमै सफलता हसिल गरेकोमा यो यसमा सम्पूर्ण पार्टी पंक्तिले सहयोग गर्नु पर्नेमा जोड दिँदै सस्वागत भाषण गरेका थिए।

the authoradmin