दुर्घटना

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपाल अखबार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालमा राखिएको छ ।

the authoradmin

Leave a Reply