प्रविधिसमाचारसमाज

वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि

नेपालअखबार, पाेखरा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि पुगेकाछन्।
२०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले ९ लाख घरपरिवारमा पुगेको सार्वजनिक गरेको छ । कम्पनीका सीईओ केशव नेपालका अनुसार गुणस्तरमा बृद्धि गर्दै सेवालाई चुस्त बनाउदै लगिएको छ । यो बिश्वासलाई हामी अझ बलियो बनाउन चाहान्छौ, उनले भने ।

यसैगरी गण्डकी प्रदेशमा मात्र पनि १ लाख तीन हजार ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसन्सका गण्डकी प्रदेश जनसम्पर्क प्रबन्धक युसुफ श्रेष्ठले बताए । उनका अनुसार गण्डकी प्रदेशमा पनि वर्ल्डलिंक कम्युनिकेसन्ससंग जोडिनेको संख्या बढिरहेको छ । लामो समयको अनुभवले ग्राहकको सन्तुष्टिलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्नेमा सधै चिन्तित छौ, उनले भने । गुनासाहरुलाई पनि चाँडो सम्बोधन गर्ने कोसिस गरिरहेका छौ, श्रेष्ठको भनाई छ ।

the authoradmin