Saturday, July 11

गाजामा युद्धविरामलाई लिएर इजरायली सरकारमा मतभेद

नेपालअखबार,एजेन्सि । इजरायली सरकारका मन्त्रीहरूबिच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई लिएर मतभेद देखा परेको छ। हालैका दिनहरूमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन्।

Advertisement

यसैबिच, इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले इजरायली सरकारले बन्धकहरूको रिहाइको सम्झौतालाई रोक्ने हो भने सत्तामा बस्ने अधिकार नरहेको बताएका छन्।

Advertisement
Advertisement

अर्कोतर्फ अर्थमन्त्री तथा दक्षिणपन्थी नेता बेजलेल स्मोट्रिचले सरकार यस्तो सम्झौतामा सहमत भएमा यो लाजमर्दो आत्मसमर्पण हुने बताएका छन् । उनले रफाहमा इजरायलको नियोजित आक्रमण स्थगित भएमा वर्तमान सरकारले जारी राख्न नहुने बताए।

Advertisement

यता, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले इजरायलले रफाहमा आक्रमणको बारेमा आफ्नो चिन्ताबारे छलफल गर्नुअघि अमेरिकाले आक्रमण नगर्ने आश्वासन दिएको बताएका छन्। गाजामा जारी द्वन्द्वका सम्बन्धमा प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले अहिले अमेरिकाले मात्रै रफाहमा इजरायलको आक्रमण रोक्न सक्ने बताएका छन् । महमूद अब्बास हाल रियादमा छन् जहाँ उनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेट्ने छन्।