समाचारसमाज

आजदेखि भंगहा-जनकपुर-जयनगर रेल सेवा ३ दिनका लागि बन्द

नेपालअखबार,जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।

‘…मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने प्रबन्धक झाले बताए ।

the authoradmin