समाचारसमाज

काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

नेपालअखबार,  काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो ।

विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

the authoradmin