समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो

नेपाल अखबार, काठमाडाैंं। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनाबाट निको भएको बताए। उनका अनुसार हालसम्म निको हुने संख्या २ हजार १ सय ४२ पुगेको छ।
त्यस्तै, क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेका छन्।
रसुवाबाहेक नेपालका ७६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् भने आज कुनै पनि मृत्यु नभएको उनले बताए।
त्यस्तै सरकारले १ लाख ८१ हजार ३ सय ७१ पीसीआर परीक्षण भएको जनाएको छ। त्यस्तै, २ लाख ६८ हजार १ सय ३ आरडीटी परीक्षण भएको छ।

the authoradmin

Leave a Reply