नेपाल अखबार, श्रीलङ्का । श्रीलङ्काका मुसलमान समुदायले प्रशासनमाथि कोरोनाभाइरसको बहानामा आफूहरुमाथि भेदभावपूर्ण व्यवहार गरिएको आरोप लगाएका छन् ।
उनीहरुका अनुसार कोभिड–१९ काकारण भएको मृत्युको मामिलामा प्रशासनले शवको जबर्जस्ती दाहसंस्कार गरिरहेको छ जबकी यस्तो गर्न पूर्ण रुपमा प्रतिबन्ध छ । इस्लाममा मृतकलाई गाडिने गरिन्छ ।
मे ४ तारिखमा ४४ वर्षकी फातिमा रिनोजालाई कोभिड–१९ संक्रमणको भएको हो कि भन्ने शंका लागेपछि अस्पताल भर्ना गरिएको थियो ।
फातिमा तीन सन्तानकी आमा हुन् र श्रीलङ्काको राजधानी कोलोम्बोमा बस्छिन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो र प्रशासनले उनलाई कोरोना संक्रमण भएको हो कि भन्ने शंका थियो ।
फातिमाका श्रीमान् मोहम्मद शफिकका अनुसार जनु दिन फातिमालाई अस्पताल भर्ना गरियो त्यसै दिन प्रशासनले उनको परिवारलाई एक तरिकाले आफ्नो कब्जामा लिएको थियो ।
उनी भन्छन्, ‘प्रहरी अधिकारी र सैन्य अधिकारी हाम्रो घर पुगे ।’
‘उनीहरुले हामी सबैलाई घर बाहिर निकालेर सबै ठाउँमा किटनाशक छरे । हामी पहिलादेखि नै असाध्यै डराएका थियौं । उनीहरुले पनि हामीलाई केहि भनेनन् । हाम्रो घरको तीन महिनाकी बालिकाको पनि कोरोना परीक्षण गरियो । उनीहरुले हामीलाई कुकुरलाई झैं घर बाहिर निकालेर क्वारेन्टिन सेन्टर लिएर गए ।’
फातिमाको परिवारलाई एक रातभरी क्वारेन्टिन सेन्टरमा राखियो र भोलिपल्ट छोडियो । उनीहरुलाई दुई हप्तासम्म आइसोलेशनमा बस्न आदेश दिइयो ।
तर भोलिपल्टै अस्पतालबाट फातिमाको मृत्यु भइसकेको खबर आयो ।
दस्तावेजमा जबर्जस्ती गराइयो हस्ताक्षरः
फातिमाका छोरालाई आमाको पहिचानका लागि अस्पताल आउन भनियो । फातिमाको मृत्यु कोभिड–१९ का कारण भएको भन्दै उनको शव परिवारलाई फिर्ता दिन नमिल्ने बताइयो ।
फातिमाका छोराका अनुसार प्रशासनले उनलाई जबर्जस्ती केहि दस्तावेजमा हस्ताक्षर गराएको जसमा फातिमाको शव गाड्न नमिल्ने भन्दै दाह संस्कार गरिने भनेर लेखिएको जानकारी दिए । उनका अनुसार इस्लामी कानूनमा मृतकलाई गाडिन्छ, उनको दाह संस्कार गर्नु उनको शरीरमाथि सही नभएको मान्यता राखिन्छ ।
मोहम्मद शरिफका अनुसार अस्पतालमा जे जति भयो त्यसबारे परिवारलाई पूरा जानकारी दिइएन । उनी भन्छन्, ‘मेरो छोरालाई भनिएको थियो कि फातिमाको शरीरका केही अंगलाई थप परीक्षणका लागि अलग गरिनेछ । यदि फातिमा कोरोना संक्रमित थिइन् भने उनको शरीरको हिस्सा उनीहरुलाई किन चाहियो ?’
अब फातिमाको परिवार ती थुप्रै श्रीलङ्काली परिवारमध्ये एक हो जसले सरकारमाथि कोरोना महामारीको नाममा उनीमाथि भेदभाव गरेको आरोप लगाइरहेका छन् ।
स्रोतः बीबीसी

