Monday, May 11

पाल्पामा पहिरो : मृतकको संख्या तीन पुग्यो

नेपाल अखबार, पाल्पा । पाल्पाको तानसेनमा पहिरोले पुर्दा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मृतक तीनैजना पुरुष हुन्। केही अझै पहिरोमा हराइरहेको अनुमान गरिएको छ।
तानसेन ११ मा सोमबार दिउँसो पहिरो जाँदा केही सवारी साधनलाई पहिरोले पुरेको थियो। पहिरोमा परेर दुई जनाको घटनास्थलमै र एकको उपचारको क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तीनै जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए।
पाल्पाबाट गुल्मी तर्फ जाँदै गरेको लु १ त १९२८ नम्बरको ट्रकलाई पहिरोले पुर्दा दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो। पहिरोले ट्रक, बोलेरो जिप, कार लगायतका चारवटा सवारी साधन बगाएको थियो।
धेरै यात्रुले भागेर ज्यान जोगाएका थिए। प्रहरीका अनुसार लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर, लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप पहिरोमा परेका थिए।
घाइतेको नेपाल प्रहरी, नेपाली सेना, र सशत्र प्रहरीले उद्धार गरेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *