Thursday, August 13

सरकारसँग भएका सम्झौता कार्यान्वयन भएनन्ः लोसपा अध्यक्ष ठाकुर

नेपालअखबार,काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्।

Advertisement

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलंगवामा आइतबार आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

‘जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘संविधान र कानुनलाई हाम्रो पार्टीले परिपालन गरिराखेको छ। हामी चुनाव लड्छौं। चुनाव लड्नु भनेको युद्धसरह हो। हामी शान्तिपूर्ण रूपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौं।’

Advertisement

मधेस आन्दोलन क्रममा नेता-कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न पनि उनले सरकारसँग माग गरे। रासस