Saturday, May 30

नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न भएको छ।

सम्पन्न बैठकले केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ। त्यस्तै मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेका पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

Advertisement

उपमहासचिव खतिवडाकाअनुसार आइतबार सम्पन्न सचिवालय बैठकमा संंसदको गतिरोध अन्त्य गर्न अध्यक्ष माधवकुमार नेपालेको नेतृत्वको टोलीको गरेको सम्वादबारे छलफल भएको छ। त्यस्तै प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने भएको छ।

अर्वन एण्ड रूरल डेपलभमेन्ट, पोलिसी, प्लानिङ, अनुभव आदान प्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमखु प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने भएको छ। उक्त कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुनु हुनेछ।