
नेपालअखबार ,पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएपछि गण्डकी प्रदेशसभा बैठक डाकिएको छ । अगामी जेठ २८ गते ३ बजे बैठक डाकिएको संसद् सचिवालयले जनाएको छ ।पाण्डेले विश्वासको मतका लागि बैठक डाकिदिन सभामुखलाई पत्र पठाएका थिए । पत्र सचिवालयमा दर्ता भैसकेको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

