Tuesday, August 25

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुँदै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्नेछन्।

Advertisement

त्यस्तै आजको बैठकमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ पनि दिनेछन्।

Advertisement
Advertisement

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जवाफ दिने कार्यसूची छ।

Advertisement

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ—आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्।